गैरआवासीय नेपाली संघका अध्यक्ष देवमान हिराचनले अर्को कार्यकालका लागि पनि अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका छन् ।
हिराचनले भने, काम देखाउन दुई वर्षको कार्यकाल त्यत्ति लामो समय होइन, साथीभाइले अर्का एक कार्यकाल तपाईं नै अध्यक्ष बन्नुपर्छ भन्ने दबाब आएकाले पुनः अध्यक्षको उम्मेदवार बन्ने तयारी गरेको हुं ।तपाईंको कार्यकालमा एनआरएन ओझेलमा पर्यो नि भन्ने जिज्ञासामा अध्यक्ष हिराचनले भने, यो सरासर गलत कुरा हो । यो १८ महिनाको छोटो अवधिमा तीन दर्जनभन्दा बढी काम भइसकेका छन् । त्यत्तिकै संख्यामा परियोजनाहरु पाइपलाइनमा छन् । खुल्ला विश्वविद्यालयको अवधारणा, इ(लाइबेरी, दोहोरो नागरिकता, म्युचियल फण्ड यसका उदाहरण हुन् । अध्यक्ष हिराचनले भने, देशको राजनीतिक परिस्थितिले पनि काम गर्न असजिलो भयो ।
केही कमीकमजोरी भए पनि नेपाल सरकारले एनआरएनलाई दिएको परिचयपत्रले पनि फाइदा पुगेको अध्यक्ष हिराचनले बताए । तर त्यसमा केही कमिकमजोरी रहेको उनले स्वीकार गरे । दोहोरो नागरिकतामा नेपालका राजनीतिक दलहरु पनि सकरात्मक रहेकाले त्यसलाई स्वागतयोग्य भन्नुपर्ने अध्यक्ष हिराचनको कथन थियो ।
एनआरएन युकेसग केही असमझदारी भएको थियो, तर त्यो अहिले छैन । प्राध्यापक डाक्टर सूर्य सुवेदीसग भेटर असमझदारी हटाइसकेको अध्यक्ष हिराचनले बताए । हिराचनले भने, म प्रवाशमा गैरआवासीय नेपालीहरुको संख्या बढाउने पक्षमा छैन । स्वदेशमै रोजागरी सिर्जना गरेर एनआरएनको संख्या घटाउनुपर्छ भन्ने कुराको पक्षपाती हु । एनआरएनबाट पूजी मात्र होइन, ज्ञान, बुद्धि र सीप पनि भित्रन सक्छ, अध्यक्ष हिराचनले भने ।
मध्यपूर्वको समस्या गैरआवासीयका लागि जटिल बन्दै गएको अध्यक्ष हिराचनले स्वीकार गरे । मध्यपूर्वमा एनआरएनको टोपी लगाएर नेपालीले नेपालीकै शोषण गरेको अवस्था छ, त्यसको अन्त्यका लागि पाचौं विश्व सम्मेलनले अन्त्यका लागि पहल गर्ने अध्यक्ष हिराचनले बताए । एनआरएन पदाधिकारीलाई बाइपास गरेर आफू एक्लौटी ढंगले नचलेको उनले बताए । उनले भने, व्यक्ति केही पनि होइन, एक्लो हिराचनले केही गर्न सक्दैन । सबै साथीहरुको सहयोग र सल्लाहमा एनआरएन अघि बढेको छ ।
No comments:
Post a Comment