6/10/2011

एनआरएनलाई सम्मेलन गर्न सरकारको साथ चाहियो रे

गैरआवासीय नेपाली संघका अध्यक्ष देवमान हिराचनको नेतृत्वमा
बिहीबार गएको टोलीले उपप्रधान एवं परराष्ट्र मन्त्री उपेन्द्र यादवसंग आफ्नो पाँचौ गैरआवासीय नेपाली विश्व सम्मेलनका बारेमा जानकारी दिएको छ ।
साथै पहिलेका विश्वसम्मेलनहरुमा जस्तै नेपाल सरकारले यस सम्मेलन आयेजना गर्नका लागि आवश्यक सहयोग गरिदिन अनुरोधसमेत गरेका छन् । यसैगरी क्यानाडाका आइसिसि सदस्य एवं खुला विश्वविद्यालयका संयोज डा। प्रमोद ढकालले खुला विश्वविद्यालय बारे प्रकाश पारेका थिए । उनले यस कार्यको लागि परराष्ट्र मन्त्रालयबाट सहयोगको अनुरोधसमेत गरे ।
संघका महासचिव रतन कुमार झा र संरक्षक भीम उदासले पाँचौ विश्व सम्मेलन र खुला विश्वविद्यालय बारे थप जानकारी गराएका थिए । यसै क्रममा नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक डा। हेमन्त दवाडीले विगतमा आयोजना भएका विश्व सम्मेलनमा नेपाल सरकारबाट भएका सहयोगहरु बारे जानकारी गराएका थिए ।
परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुले संघको दर्ता बारे जिज्ञासा राखेका थिए । त्यसको जवाफमा अध्यक्ष हिराचनले चाँडै दर्ता प्रकृया टुगिंने जानकारी दिएका थिए । उपप्रधान एवं परराष्ट्र मन्त्री यादवले सम्मेलनलाई सहयोग हुने जानकारी गराएका थिए ।

No comments:

Pages