साउदी अरब जाने कामदारका लागि स्वास्थ्य परीक्षण गर्न थप ७ मेडिकलले मान्यता पाएका छन् । गाम्काले ७ मेडिकललाई स्वास्थ्य परीक्षणको लागि मान्यता दिएको स्रोत जनाएको छ । साउदी अरबबाट नेपाली कामदारको धेरै माग आउन थालेको र नेपाल स्वास्थ्य व्यवसायी महासंघले पनि लामो समयदेखि निश्चित मेडिकल संस्थालाई मात्र स्वीकृति नदिई पुर्वाधार र मापदण्ड पूरा गरेका सबै मेडिकललाई दिनुपर्ने अनुरोध गरे सँगै गाम्काले पनि थप ७ मेडिकललाई अनुमति दिएको हो । यसअघि लामो समयदेखि ५ वटा स्वास्थ्य संस्थालाई मात्र गाम्काले मान्यता दिएको थियो । पछिल्लो पटक मान्यता पाएका स्वास्थ्य संस्थाहरुमा अल खालिज मेडिकल चुच्चेपाटी, अक्वा डाइग्योनिष्टिक सर्भिस बत्तिसपुतली, रजम मेडिकल सेन्टर चावहिल, साइबा मेडिकल सेन्टर पुल्चोक, अल मजुर डाइग्योनिष्टिक सेन्टर बाँसबारी, मेडिसिया डाइग्योनिष्टिक सेन्टर बाँसबारी र लाइफ ट्रष्ट मे डाइग्योनिष्टिक धुम्बाराही रहेका छन् ।
गाम्काले आधिकारिक रुपमा घोषणा नगरेको थप अनुमति विरुद्ध स्वास्थ्य व्यवसाय महासंघले भने विरोध जनाएको छ । महासंघका अध्यक्ष खड्गबहादुर श्रेष्ठ सार्वजनिक रुपमै गाम्काको मान्यता ठीक नभएको भन्दै हिडिरहेका छन् ।
तर उनले यो मान्यता आफू अनुकुल नभएकाले विरोध गरेको केही व्यवसायीहरुको भनाई छ । महासंघ स्रोतका अनुसार अध्यक्ष श्रेष्ठले मान्यता पाएका स्वास्थ्य संस्थाहरु मापदण्ड नपुगेको भन्दै स्वास्थ्य मन्त्रालयमा उजुरी दिएका छन् । श्रेष्ठको यस रवैया प्रति आम स्वास्थ्य व्यवसायीहरु क्रुद्ध बनेका छन् । महासंघको अध्यक्ष पदमा बसेर व्यवसायीहरुको हित विपरित अनेकौं वितण्डा मचाउँदै हिडेको आरोप श्रेष्ठमाथि छ ।
साउदी अरबमा नेपाली कामदारहरुको माग वृद्धिसँगै स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था कम भएकाले व्यवसायी र कामदार दुवैले झण्झट व्यहोर्नु परेको छ । यस्तो अवस्थामा गाम्काबाट थप संस्थाले अनुमति पाउँदा व्यवसायी र कामदार दुवैले ठूलो राहत पाउने भए पनि महासंघका अध्यक्ष श्रेष्ठको व्यवहारले भने अर्को समस्या सिर्जना गरेको छ ।
पछिल्लो पटक मान्यता पाएका एक मेडिकल सेन्टरका सञ्चालकका अनुसार अध्यक्ष श्रेष्ठले गाम्काबाट पाएको अनुमति पत्र बोकेर मन्त्रालय धाइरहेका छन् । ति सञ्चालक भन्छन् – ‘हुलाक कार्यालयबाट आउने उक्त पत्र हाम्रो अध्यक्षको हातमा कसरी पुग्यो ?’ उक्त पत्र श्रेष्ठले हुलाकका कर्मचारीसँगको मिलेमत्तोमा लिएको दावी गर्दै उनले श्रेष्ठ विरुद्ध मुद्दा हाल्ने तयारी भइरहेका जानकारी दिएका छन् । तर, श्रेष्ठले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया नदिने बताए । उनले भने – यो विषयमा महासंघले छिट्टै नै आधिकारिक धारणा सार्वजनिक गर्दैछ ।
श्रेष्ठले गाम्काबाट थप स्वास्थ्य संस्थाहरुले अनुमति पाउनु पर्छ भन्ने मान्यतामा महासंघ पनि रहेको बताउँदै आफुले मापदण्ड नपुगेकाहरुले मान्यता पाउनु हुँदै भन्ने आवाज उठाउँदा उल्टो आफैमाथि
झुटो आरोप लगाएको जिकिर गरे । श्रेष्ठले गाम्काबाट स्वीकृति लिन स्वास्थ्य संस्था भन्दा पनि मेनपावर व्यवसायीहरु संलग्न रहेको कोठे मेडिकल सक्रिय रहेको आरोप लगाएका छन् ।

![Back to the Future: 25th Anniversary Trilogy (+ Digital Copy) [Blu-ray]](http://ws.amazon.com/widgets/q?MarketPlace=US&ServiceVersion=20070822&ID=AsinImage&WS=1&Format=_SL160_&ASIN=B00198X0UO&tag=khadisandesh-20)

गाम्काले आधिकारिक रुपमा घोषणा नगरेको थप अनुमति विरुद्ध स्वास्थ्य व्यवसाय महासंघले भने विरोध जनाएको छ । महासंघका अध्यक्ष खड्गबहादुर श्रेष्ठ सार्वजनिक रुपमै गाम्काको मान्यता ठीक नभएको भन्दै हिडिरहेका छन् ।
तर उनले यो मान्यता आफू अनुकुल नभएकाले विरोध गरेको केही व्यवसायीहरुको भनाई छ । महासंघ स्रोतका अनुसार अध्यक्ष श्रेष्ठले मान्यता पाएका स्वास्थ्य संस्थाहरु मापदण्ड नपुगेको भन्दै स्वास्थ्य मन्त्रालयमा उजुरी दिएका छन् । श्रेष्ठको यस रवैया प्रति आम स्वास्थ्य व्यवसायीहरु क्रुद्ध बनेका छन् । महासंघको अध्यक्ष पदमा बसेर व्यवसायीहरुको हित विपरित अनेकौं वितण्डा मचाउँदै हिडेको आरोप श्रेष्ठमाथि छ ।
साउदी अरबमा नेपाली कामदारहरुको माग वृद्धिसँगै स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था कम भएकाले व्यवसायी र कामदार दुवैले झण्झट व्यहोर्नु परेको छ । यस्तो अवस्थामा गाम्काबाट थप संस्थाले अनुमति पाउँदा व्यवसायी र कामदार दुवैले ठूलो राहत पाउने भए पनि महासंघका अध्यक्ष श्रेष्ठको व्यवहारले भने अर्को समस्या सिर्जना गरेको छ ।
पछिल्लो पटक मान्यता पाएका एक मेडिकल सेन्टरका सञ्चालकका अनुसार अध्यक्ष श्रेष्ठले गाम्काबाट पाएको अनुमति पत्र बोकेर मन्त्रालय धाइरहेका छन् । ति सञ्चालक भन्छन् – ‘हुलाक कार्यालयबाट आउने उक्त पत्र हाम्रो अध्यक्षको हातमा कसरी पुग्यो ?’ उक्त पत्र श्रेष्ठले हुलाकका कर्मचारीसँगको मिलेमत्तोमा लिएको दावी गर्दै उनले श्रेष्ठ विरुद्ध मुद्दा हाल्ने तयारी भइरहेका जानकारी दिएका छन् । तर, श्रेष्ठले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया नदिने बताए । उनले भने – यो विषयमा महासंघले छिट्टै नै आधिकारिक धारणा सार्वजनिक गर्दैछ ।
श्रेष्ठले गाम्काबाट थप स्वास्थ्य संस्थाहरुले अनुमति पाउनु पर्छ भन्ने मान्यतामा महासंघ पनि रहेको बताउँदै आफुले मापदण्ड नपुगेकाहरुले मान्यता पाउनु हुँदै भन्ने आवाज उठाउँदा उल्टो आफैमाथि
झुटो आरोप लगाएको जिकिर गरे । श्रेष्ठले गाम्काबाट स्वीकृति लिन स्वास्थ्य संस्था भन्दा पनि मेनपावर व्यवसायीहरु संलग्न रहेको कोठे मेडिकल सक्रिय रहेको आरोप लगाएका छन् ।
No comments:
Post a Comment