काठमाडौ । कुटनीतिक राहदानी दुरुपयोग गरेको आरोपमा पक्राउ परेका दुई सभासद्विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
सो राहदानी दुरुपयोग गरेको आरोपमा प्रहरीले गत वैशाख ६ गते मधेसी जनअधिकार फोरमका विश्वनाथप्रसाद यादव र नेपाल जनता दलकी गायत्री साहलाई संविधानसभा भवनबाहिरबाट पक्राउ गरेको थियो ।
राहदानी ऐन २०२४ को दफा ५ बमोजिम उहाँहरूलाई कारबाही गर्न माग गर्दै काठमाडौँ जिल्ला प्रहरी कार्यालयले सो मुद्दा दायर गरेको हो । सो दफामा उक्त राहदानी दुरुपयोग गरेको कसुरमा एक वर्षसम्म कैद वा रू।५००।–जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ । सो मुद्दाका सम्बन्धमा अनुसन्धानका लागि समय नपुगेको भन्दै काठमाडौँ जिल्ला प्रहरी कार्यालयको मागबमोजिम उक्त अदालतले यही असोज ७ गते चार दिनसम्मका लागि र पुनः १२ गते सात दिनसम्मका लागि म्याद थपको आदेश दिएको थियो ।

1 comment:
nice
Post a Comment