ति छात्राहरुले अति भएपछि कलेजमा रहेको विद्यार्थि संगठन अखिल क्रान्तिकारिको सहयोगमा सो रहस्य बाहिर ल्याई कारबाहिका लागि सिटिईभिटिमा पुगेका थिए तर त्यँहा बाट केहि हुने ऊनिहरुले देखेका छैनन् उल्टै सिटिईभिटिले उनलाई ढाकछोप गर्न खोजेकाले सिटिईभिटिको पनि संलग्नता भएको हुनसक्ने उनिहरुले अनुमान गरेका छन् विद्यार्थिहरुले कारबाहिको माग गरि विहिवार सिटिईभिटि पुग्दा सिटिइभिटि का सदस्यसचिवलाई भेट्न खोज्दा उनले आफ्ना सहयोगि मार्फत आफु मिटिङमा रहेको सुचना दिन लगाएका थिए केहि समय कुरेपछि बिद्यार्थि उनको कार्यकक्षमा पुगेर हेर्दा उनि एक्लै रहेछन् अनी विद्यार्थिलाई थाहा भयो मिटिङको नाममा चिटिङ गर्दैछन् अत: यहि कुरालाई मात्र मुल्याङ्कन गर्दा प्रष्ट हुन्छ कि सिटिईभिटि पनि यो घटनालाई लुकाउन अग्रसर छ । उता यौनपिपाशु प्रिन्सिपल भने यसअघिनै काम गर्ने वातावरण नभएको भन्दै राजिनामा दिएर फरार भएका छन् साथमा उनका छोरा पनि फरार छन् तर सिटिईभीटिले भने उनी आफ्नो सम्पर्कमा रहेको बताएको छ । विद्यार्थिले उनलाई आफ्नो सम्पर्कमा आउन आग्रह गरेको र उनि दोषि भएकै कारण सम्पर्काम नआएको दावि गरेका छन् ।
यौनपिपाशु प्रिन्सिपल फरार भएपछि विद्यार्थि हरु झनै आक्रोशित भएका छन् उनिहरुले उसलाई हदैसम्मको कारवाहि हुनुपर्ने माग राख्दै विभिन्न निकाय र संघसस्थामामा धाईरहेका छन् भने पत्रकारहरुलाई पनि यो घटना संबन्धित निकायमा पुर्याउन आग्रह गरेका छन् । अर्कोतिर प्रहरि प्रशासन पनि यस विषयमा मौन रहेकाले विद्यार्थिहर अचम्मित छन् ।
यसरि आफ्ना विभिन्न सपना बोकेर कलेज पढ्न गएका विद्यार्थिहरु आफ्नै प्रिन्सिपलबाटै बलात्कृत हुन्छन भने हामि यो कलेजलाई कलेज भन्ने कि ‘कोठि’त कलेजको नाममा कोठि संचालन गर्ने यि विवाहित र आफ्ना छोराको समेत विवाह गर्ने समय भएका प्रिन्सिपललाई विद्यार्थिले भनेजस्तै हदैसम्मको कारवाहि त हुनैपर्छ साथै छात्राहरुमाथि मन लाग्दि एसएमएस गर्ने ( जुन हामिले उल्लेख गर्न सक्दैनौ ) ऊनका छोरा पवनलाई पनी छात्रा हरुले चाहेकै कारवाहि हुनुपर्छ । हुनत पहिलो पटकका लागि भनेर प्रिन्सिपललाई माफि पनि नदिइएको होइन तर उनले फेरि सो गल्ति दोहोर्याएका छ्न् यसर्थ उनि जुन कुनामा लुकेर बसेका भए पनि सरकार तथा सिटिइभिटिको सक्रियतामा खोजि हुनुपर्छ र कार्बाहि पनि !
नेपाली हेडलाइन्सबाट
1 comment:
कृपया यो लेखमा www.nepaliheadlines.net लिंक पनि राखिदिनु होला ल....
Post a Comment