वैदेशिक रोजगारको सुवर्ण अवसरको विज्ञापान प्रकाशित गर्दा वैदेशिक रोजगार विभागबाट गराईएका जानकारी अनिवार्य राख्नुपर्ने नियमको अधिकांश मेनपावर व्यवसायीहरुले धज्जी उडाईरहेका छन् ।
विज्ञापन प्रकाशित गर्दा तलब र सेवा सुविधा ठूला ठूला अक्षरमा प्रकाशित गराउने कम्पनीहरुले विभागको जानकारी भने आइग्लास लगाएर हेर्दा पनि देख्न मुश्किल पर्ने अक्षरमा राखेका हुन्छन् ।विदेश जाने कामदारहरु सही सूचनाको अभावमा झुठो आवश्वासनमा परेर ठगिएका घटना बढेपछि विभागले कामदारको मागपत्र अनिवार्य स्वीकृति लिई राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशित गर्नुपर्ने र त्यसमा विभागद्वारा गराएको जानकारी अनिवार्य राख्नु पर्ने नियम लगाएको थियो । व्यवसायीहरुले यस नियमलाई कागजी प्रक्रिया पुयाएर विभागको आँखामा छारो हाल्ने काम मात्र गरेका छन् । विदेश जाने हरेक कामदारले सही सूचना पाउन् भन्ने हेतुले राखिएको उक्त जानकारीलाई मेनपावर व्यवसायीहरुले भने कसैले पनि हेर्न नसकुन् भन्ने नियतले सानो अक्षरमा राखेका छन् । विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले पनि विज्ञापन प्रकाशित गर्दा मेनपावर व्यवसायीले बदमासी गरेको स्वीकार्नु भयो । उहाँले यस विषयमा अध्ययन भइरहेको र चाँडै नै विभागको जानकारी राख्दा पुयाउनु पर्ने नियमको निश्चित मापदण्ड तयार गर्ने र यसको उल्लघंन गर्नेलाई
कडा कारवाही गर्ने जानकारी दिनुभयो । विभागको यो जानकारी प्रभावकारी भए पनि विभागभित्रका केही घुस्याहा कर्मचारीहरुका कारण कार्यान्वयन पक्ष फितलो भएको गुनासो सरोकारवालाहरुले गरिरहेका छन् ।
1 comment:
म्यान्पावर लाई मात्र दोष दिनु अनिष्ट परिकल्पना हो
Post a Comment