4/15/2011
इन्धनको संकटकाल
केही दिनदेखि राजधानी तथा देशभरका पेट्रोल पम्पमा इन्धन नभएको सूचना टाँसिएका छन् । जसबाट सार्वजनिक तथा नीजि सवारी साधनका चालकहरु सरकारी पेट्रोल पम्पहरुमा घण्टौं लाइनमा बसन बाध्य भएका छन् । अब सरकारी पेट्रोल पम्पहरुमा पनि इन्धन नपाइने बताइएको छ र देशभर इन्धनको संकटकाल घोषणमा सरकार अगाडी बढ्दैछ भन्ने समाचार सिार्वजनिक भएकोछ ।
4/14/2011
अस्ट्रेलियामा चम्किएका नेपाली नर्स
नारायण खड्का
सिड्नी/दुई वर्षअघि काठमाडौ कपनबाट अध्ययनका लागि अस्टे्रलिया आएकी ममता श्रेष्ठ अहिले यहाँको एक नर्सिङहोममा काम गरिरहेकी छन् । यहाँ पनि नर्सिङकी विद्यार्थी ममताले आफ्नो क्याम्पसको शुल्कमात्र एक सेमेस्टर (६ महिना) को करिब ५ लाख ५० हजार बुझाउनुपर्छ । त्यतिमात्र नभएर आफ्नो दैनिक खर्च र महँगो घरभाडा तिरेर पनि मासिक मासिक १ लाखको हाराहारीमा बचत गर्छिन् । नेपालमा स्टाफ नर्सको अध्ययन सकेर काठमाडौंको ओम नर्सिङ होममा काम गरिरहेकी उनी यहाँ आएर नर्सिङ विषय र पेसालाई नै निरन्तरता दिन पाएकोमा आफू सन्तुष्ट रहेको बताउँछिन् ।
नेताको चाकडी गर्दै एआईजी
| नेपाल प्रहरीका भ्रष्ट अधिकृतहरु शान्ति सुरक्षाभन्दा राजनैतिक दलहरुका नेताहरुको घरमा चाकडी गर्न पुगेका छन। प्रहरी प्रशासन शान्तिसुरक्षा मजवुत पार्नुको प्रहरी चेन अफ कमाण्डका हाकिमहरुका नेताको चाकडी गर्दै आईजिपीका खिलापमा उत्रिएको समाचार प्राप्त भएको छ। | |
खाडी हिंडेका दुई सय सात महिला हराए
श्रृजना आचार्य नेपालगन्ज,–आफ्नो छोरीको खोजि गरीदिन भन्दै साथमा लिएर गएका दलालसंग गुहार्न जांदा बर्दिया सानो श्री बाह्र नम्बर गाउंकी तुलसी बाठाले दलालकै हातवाट कुटाई खान पर्यो । कुबेत लैजान भन्दै छोरीलाई घरवाट लिएर गएका दलालले बेपत्ता पारेपछि तुलसी छोरीको खोजिमा चार वर्ष देखि भौतारीएकी छन् । |
4/13/2011
दूतावासका कर्मचारीमाथि गोली प्रहार
पाकिस्तानी दूतावासका एक कर्मचारी मेहबुब आसिसमाथि काठमाडौँको महाराजगञ्जस्थित बसुन्धारा पुलमा गोली प्रहार भएको छ । दूतावासको भिसा शाखामा काम गर्ने आसिसमाथि अज्ञात बन्दूकधारीले आज बिहान चार राउन्ड गोली प्रहार गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डीएसपी केदार ढकालले जानकारी दिए। आसिसको अहिले शिक्षण अस्पताल, महाराजगन्जमा उपचार भइरहेको छ। उनी बोल्न र घटनाबारे जानकारी दिन सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। कसले र किन गोली प्रहार गर्यो भन्ने बारे थाहा हुन सकेको छैन। प्रहरीले यस विषयमा अनुसन्धान गर्दैछ।
अवैध रक्तचन्दन वीरगंज नाकाबाट नेपाल भित्रिंदै
अवैध रक्तचन्दन पक्राउ पर्नेक्रम जारी छ। हिजो बेलुकी भारतको रक्सौलमा प्रकाश ट्रान्सपोर्टको ना. २ ख ८२७९ नम्बरको ट्रकबाट ८४ थान आठ क्वीन्टल रक्तचन्दन बरामद भएको छ। एसएसबी र रक्सौल कस्टमको संयुक्त टोलीले सूचनाको आधारमा प्रकाश ट्रान्सपोर्टमा हिजो बेलुकी छापामारी गर्दा सो रक्तचन्दन फेला परेको हो।
तलब नपाएपछि काम कहिष्कार
क्वालालम्पुर । मालिकले सम्झौताअनुरुप तलब नदिने बताएपछि यहाँस्थित एक कम्पनीमा कार्यरत नेपालीहरुले काम ठप्प पारेका छन् । बातुपहातस्थित एभरटप गार्मेन्ट कम्पनी मालिकले सम्झौतापत्रमा उल्लेख भएअनुसार तलब ‘दिन्न’ भनेपछि उनीहरुले काम बहिष्कार गरी ठप्प पारिदिएका हुन् ।
माछा कम्पनी भनेर कवाडीखानामा
क्वालालम्पुर । गाउँले एजेन्ट गोपाल बिकले बोलाएपछि माछा कम्पनीमा काम गर्न मलेसिया आएका हेमप्रसाद बिक, जितमान सेपार्ली, सुवास बिक प्युठानका गिर्माणसिँह गुरुङ र दाङका यमबहादुर राना पाच दिनपछि एरपोर्टबाट बाहरिएका छन् । उनीहरु कुन म्यानपावरबाट मलेसिया आईपुगेका हुन खुल्न सकेको छैन ।
१ बर्षदेखि कतारमा रेबिका राई बेपत्ता
कुवेत । आकर्षक पारिश्रमिकको साथमा राम्रो काम दिलाउने आश्वासनमा गाउकै महिला एजेन्ट मार्फत कुवेत पठाउने भनी करिब १ बर्ष पहिले भारत हुँदै कतार पु¥याइएकी झापा दमक–१ कि २० बर्षीया रेबिका राई कतार पुगेदेखि नै सम्पर्कबिहीन छिन् ।
ओमानमा सुजिताद्वारा आत्महत्या
घरपरिवारको भविष्य सुखमय बनाउने सपना बोकेर विदेश जाने नेपालीहरुमा आत्महत्या गर्ने क्रम बढ्दो छ । लेबनानमा झापाकी गीता श्रेष्ठको आत्महत्याको खबर सेलाउन नपाउँदै ओमानको सललाहमा फेरी एक महिलाले आत्महत्या गरेकी छन् । नेपालगञ्ज बाँकेकी सुजिता सुनवारले सललाहमा आत्महत्या गरेकी हुन् । उनका श्रीमान खुमबहादुर सुनुवारका अनुसार सुजिता एक वर्ष पहिले गाँउकै ऐजेन्ट मार्फत भारतको बाटो हुँदै ओमान पुगेकी थिईन् । तर, काम गर्ने घरमा राम्रो काम नपाएपछि त्यहि ऐजेन्टको काम गर्ने अर्को नेपालीलाई सम्पर्क गरी नेपाल फर्किएर यहि गत पुषमा काठमाडौंबाट पुनः ओमान पुगेकी थिईन्
चारजना सहसचिव सचिवमा बढुवा
काठमाडौ । मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न चारजना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।सचिवमा बढुवा हुनेहरूमा हरिप्रसाद नेपाल, श्रीधर गौतम, सोमलाल सुवेदी र जयमुकुन्द खनाल हुनुहुन्छ ।
कुबेतको रिजनल गेटमा कार्यरत २ नेपालीको दुर्घटनामा मृत्यु
निकै बिबादमा फसेको कुबेतको रिजनल गेट कम्पनीमा कार्यरत दुई नेपालीको आज सडक दुर्घटनामा परेर मृत्यु भएको छ। लामो समयदेखी कम्पनीले काम लगाएपनी उक्त नेपालीहरुको भिसा भने लागेको थिएन ।
बढ्ता बोल्ने?
बीरगन्जको जिल्ला प्रहरी कार्यालय अगाडीको सडकमा बुधवार विहान सवारिसाधनको कगजपत्र चेकजाच गर्ने क्रममा बा १६ प ३१६१ नम्बरको मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले अमर्यादित सब्द प्रयोग गरेपछि ट्राफिक प्रहरीलाई काधमा बोकी नालामा फाल्ने प्रयास गर्दै मोटरसाइकल चालक बीरगन्ज १८ निवासी कृष्णकुमार दुवे । छुटाउने प्रयासमा एक प्रहरी । तस्बिरः बिजयकुमार महतो/रासस
Subscribe to:
Posts (Atom)

